जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:५०

सियाली फुटबलः अन्तिम १६ मा पुग्न भियतनाममाथि आज जित आवश्यक


पहिलो खेलमा नेपाल जापानसँग १–० गोलअन्तरले पराजित भएको नेपाल अंकविहीन रहँदै समूहको तेस्रो स्थानमा छ भने पाकिस्तानलाई ३–० ले हराउँदै ३ अंकका साथ भिएतनाम शीर्ष स्थानमा छ। त्यति नै अंक भएपनि जापान गोलअन्तरका आधारमा समूहको दोस्रो स्थानमा छ। यही समूहको पाकिस्तान नेपालसँग गोलअन्तरले पछि पर्दै पुछारमा छ।

प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ। त्यसैले भियतनामलाई आज पराजित गरेमा नेपालको शीर्ष दुईमा रहँदै वा तेस्रो बनेपनि उत्कृष्ट चार टोलीभित्रै रहँदै अन्तिम १६ मा पुग्ने सम्भावना छ। यता, भिएतनामको भने नेपालसँगको जितसँगै अन्तिम १६ को यात्रा पक्का बन्नेछ।