पाकिस्तानसंग हरेक क्षेत्रमा सम्र्पक र समवन्धलाई धनिधुत बनाउ‘दै प्रजातन्त्र र आर्थिक विकासको वाटोमा आउन निमन्त्रणा दिनु भारतीय परराष्ट्र नीतिको प्रारुप हुनु पर्दछ । सैनीकीकरण र कटरपन्थी वाटोमा गएर एक मुलुक मात्रै दुर्घटनामा पर्दैन त्यसले सबभन्दा बढि छिमेकीलाई प्रभावित गर्दछ । अफगानीस्तान सोमालीयाको वाटोमा जादैछ । यसको कारक तत्व प्रजातन्त्रको नरसंहार हो । यस अर्थमा एउटा जिम्मेवार प्रजातान्त्रिक मुलुकको महत्वपूर्ण जिम्मेवारी छिमेकीहरू प्रजातान्त्रिक वाटोमा लैजान उत्प्रेरकको भुमिका खेल्नु हो । म्यानमार, अफगानीस्तान र केही हदसम्म पाकिस्तान सैनीकीकरणको शिकार भएको छ । यस परिवेशमा भारतीय परराष्ट्रनीतिले भारतीय संस्कृती अनुरुप र अनुकुल अगाडी बढ्नु पर्दछ ।
विपिन देव
कोरोनाको पराकम्पनले विश्व राजनीति र कुटनीति पनि प्रभावित भएको छ । नयाँ समीकरण र गठवन्धन कुटनीतिको अभ्यास भएको छ । १९औं सताब्दीमा अमेरिकी रणनीति र कुटनीति विश्व राजनीतिलाई प्रभावित गरेको थियो । २१ औं सताब्दीलाई एसियन सताब्दी भनिएको थियो । अर्थात २१औं सताब्दीमा चीन, भारत र जापान विश्व रजनीतिलाई प्रभावित गर्ने आकलन गएिता पनि चीनको द्रुत विकासले यस अवधारणामाथि प्रश्न वाचक चिन्ह र्तेसाएको छ । जापानको जीडिपि भन्दा तीन गुणा आर्थिक अकार र भारत भन्दा पाँच गुणा आर्थिक आकार भएको चिनिया अर्थतन्त्रले एसियामा मात्रै होइन कि विश्व राजनीतिको नेतृत्व लिन सक्ने जानकारहरूको सर्वेक्षप रहेको छ । सन २०२८ सम्म चीनको अर्थतन्त्रको आकार अमेरिका भन्दा पनि ठुलो हुने शोघहरूले आँकलन गरेको छ ।
तर यस तर्कसंग भारतका कुटनीतिज्ञ शिवशंकर मेननले फरक धारणा सार्वजनिक गरेका छन । मेननले चिनियाँ अर्थतन्त्र र्सवशक्तिमान भएता पनि सैनीक र सामरिक रुपले चीन क्षेत्रीय शक्ति मात्रै हो भने जिकिर गरेका छन । अमेरिका जस्तो संसारको हरेक मोर्चामा सैनिक र सामरिक सहभागी हुने चीनसंग क्षमता नभएको उनको भनाई रहेको छ । यी परिवेशमा भारतले चीनसंग कस्तो नीति लिने भन्ने कुरा भारतीय कुटनीतिको लागि एउटा मूर्घन्य प्रश्न भएको छ । एकातर्फ भारत कोरोनाको कहरमा छटपटाइ रहेको वेला चिनियाँ सैनिक ग्लावन उपत्यकामा आधुनिक हात हतियारसहित युद्धको वातावरण वनाइरहेको थियो । भारतले गम्भीरताका साथ चीनको प्रतिउत्तरमा वोर्डरमा सैनिक तैनाथ गर्दै आँखामा जुधाईएर चीनसंग उभिएको देखिन्छ ।
डोक्लामदेखि ग्लवानसम्म भिडन्त गर्दा भारतले कुटनीतिलाई ठुलो अस्त्रको रुपमा प्रयोग गरेको देखिन्छ । र्वतमान परिवेशमा चिनियाँ नीति पृथक देखिन्छ । सन् १९८० देखि चीन र भारतका वीच समवन्ध सरलीकरण भइरहेको अवस्थामा दुई देशले ९० विलियनसम्म आपसी व्यापार र कारोवार वढाएको थियो । माओले चीनको परिचय र अस्मीतालाई अगाडि बढाए भने देङले चीनलाई आर्थिक विकासको धावक बनाए । राष्ट्रपनि सीले चीनलाई सर्वशक्तिशाली बनाउन हरेक मोर्चामा एक साथ अगाडी बढाए । जापान लगायत मलेसिशया, फिलिपिन्स इण्डोनेशिया, रुस र भारतसंग सीमा विवाद हुनु, ताइवान र हङ्कङ्गमा समस्या हुनु, अमेरिकासंग व्यापारीक युद्ध हुनु जस्ता परिघटनाले चीन वढि आक्रमक देखिन्छ । भारतले चीनलाई सामरिक रुपमा जवाफ दिन प्रजातान्त्री प्रजातन्त्रिक गठवन्धनमा बढि जोड दिएको देखिन्छ । तदनुरुप क्वाड (जापान, अष्ट्रेलिया, अमेरिका, भारत)मा सहभागीता हुनु र यूरोपेली युनीयनसंग सघन समवन्ध बनाएर विश्व जनमतलाई आफ्नो पक्षमा लिनु भारतीय परराष्ट्रनीतिको उद्देश्य रहेको देखिन्छ ।
साथसाथै र्भखरै अक्टुवर १८ मा भारतले एउटा नयॉ वठवन्धनको सहयात्री बनेको देखिन्छ । अर्थात एउटा नयॉ क्वाडको फेरि गठवन्धन तयार भएको छ । इजरायल, यु.ए.ई अमेरिका र भारत लगायत चार देशहरूको गठवन्धले पश्चिम एसियालाई केन्द्रित गर्दै एउटा नयॉ रणनीति लिएको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने भारतले हिन्द महासागरीय क्षेत्रमा आसियानलाई केन्द्रविन्दु बनाएको छ भने पश्चिम एसियामा खाडीका मुलुकहरूसंग आप्mनो समवन्धलाई धनिधुत बनाउन जर्मको गरेको छ । चीन उर्जा र बजारले गर्दा खाडी लगायत आसीयानमा र्निभर छ । सामूद्रिक र्मागमा जापान, दक्षिण कोरीया लगायत आसियानका उदीयमान अर्थतन्त्र भएका छिमेकीहरू छन् । यस परिवेशमा चीनले आप्mनो छिमेकीहरूसंग सुमधुर समवन्ध नराखेको खण्डमा आप्mनो महाशक्ति वन्ने सपना चकनाचूर हुने जानकारहरूको बुझाई छ । थल मार्गमा रसिया र भारत जस्ता ठुला मुलुकहरू छन् ।
भनाईको अर्थ भारतले चीनसंग सामना गर्न गठवन्धनलाई प्रचूर मात्रामा उपयोग गरेको देखिन्छ । चीन पछि भारतीय परराष्ट्रनीतिको ठुलो परिक्षा यसको अफगानीस्तान नीति हो । विगत २० वर्षमा भारतले अफगानीस्तानमा प्रचूर मात्रामा लगानी गरेको देखिन्छ । अफगानीस्तानको ३३ वटै प्रान्तमा भारतीय योजना र परियोजनाहरू सञ्चालित भइरहेको अवस्था थियो । विगत २० वर्षमा भारतले ३ विलियन अमेरिकी डलर अफगानीस्तानमा खर्च गरेको देखिन्छ भने १ विलियन टन ग‘हु समेत अफानीस्तानलाई २० वर्षमा दिएको छ । अफगानीस्तानको संसद भवनको र्निमाणदेखि ठुला डयामहरूको योजना भारतले सञ्चालित गरेको अवस्था थियो । तालीवानले अफगानीस्तानको वागडोर हातमा लिएपछि पाकिस्तानको वाहुल्य र दव दवा अफगानीस्तानमा वढेको छ ।
यस परिवेशमा भारतले अफगानीस्तानमा कस्तो नीति लिने भन्ने प्रश्नको जवाफमा भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले सार्वजनीक रुपमा के उद्घोष गरेका छन् कि भारत सुरक्षा परिषदको अफगानीस्तानको म्द्दामा अक्षमता गरेको हैसियतले सुरक्षा परिषदको र्निदेश अनुसार तालीवान अगाडी नवढेको खडमा भारतीय सहयोग प्रत्याभूति हुन सक्ने सम्भावना छैन । अर्थात् सुरक्षा परिषदको र्निदेश अनुसार तालीवानीले महिला, वालवालीका, समावेशी र लोकतान्त्रिक वाटोमा नवढेसम्म सहयोग निरन्तरता नहुने कुरा भारतले सार्वजनीक गरेका छन् । अफगानीस्ततानको भूमीवाट कुनै किसिमको आंतकवादी गतिविधि हुनु हु‘दैन भने सूरक्षा परिषदको र्निदेश रहेको छ । अर्को तर्फ अफगानीस्तानमा कटरपन्थी र उग्रवादीहरूको संख्यामा अभिवृद्धि हुनु, पाकिस्तानको दवदवा वढ्नु, लागु पर्दाथको तस्करी र उत्पादन बढ्नु जस्ता घटनाले भारत प्रभावित हुन सक्ने कुरालाई नजरअन्दान गर्न सकिदैन । यी परिवशेमा भारतले अन्तराष्ट्रिय जनमत र गठवन्धनको आधारमा आप्mनो अफगानीस्तान नीति बनाउने कुरा भारतका परराष्ट्र सचीव सिंगलाको भनाई रहेको छ ।
अफगानीस्तानमा चीन र पाकीस्तानको पकड र प‘हुच वढेको छ । चीन र पाकिस्तानको पकड अफगानीस्तानमा बढ्न वित्तिकै भारतले अफगानीस्तान नीतिमा नयॉ सोच र रणनीतिका साथ अगाडी वढ्नु पर्दछ । अर्को शब्दमा भन्ने हो भने अफगानीस्तान कटरपन्थी र आंतकवादीको कारखाना हुनु वित्तिकै त्यसको उत्पादन पाकिस्तानमा र्नियात हुन्छ । पाकिस्तान त्यो र्नियातलाई भारतमा हस्तातरण गर्न भगिरथ परिश्रम गर्दछ । यस अवस्थामा अफगानीस्तानलाई प्रजातान्त्रिक वाटोमा गएको खण्डमा भारत लगायत इरान र खाडीका मूलुकहरूले प्रचूर मात्रामा लाभ लिन सक्दछ । अफगानीस्तान पछि भारतीय परराष्ट्र नीतिको परिक्षा पाकिस्तान नीति पनि हो । चीनले पाकिस्तानमा प्रचूर मात्रामा लगानी गरेको देखिन्छ । सिपेक (चीन पाकिस्तान कोरिडोर)मा मात्र ६५ विलियन अमेरिकी डलर चीनले लगानी गरेको देखिन्छ ।
चीन-पाकिस्तान कोरिडोर विवादित काश्मिरको केहि भागवाट जाने नक्सामा रहेकोले गर्दा भारतको घोर आपत्ति रहेको छ । पाकिस्तानका ठुला गुरुयोजनाहरूको वागडोर त्यहाका सैनीक अधिकारीहरूले सम्हालेका छन् । सी पेकको नेतृत्व सैनीक अधिकारी वाजवाले नै गरेका थिए । आर्थत चीनिया गुरुयोजनाहरूमा व्यापक भष्ट्रचार रहेको कुरा ग्लोवल टाइम्सदेखि वासींगटन पोष्टसम्मले टिप्पणी गरेका छन् । श्रीलङ्गा जस्तै पाकिस्तान डेब्ट ट्रयापको वाटोमा गइरहेको अवस्था छ । पाकिस्तान गरिव हुनु, कटरपन्थीको संख्या वढ्नु, इश्लामीकरण हुनु, सैनीकीकरण हुनु जस्ता परिघटनाले भारतलाई बढि प्रभावित गर्न सक्दछ । छिमेक समृद्ध र शान्त नभएको खण्डमा भारतले लिएको आर्थिक महत्वांकाक्षा प्रभावित हुने जानकारहरूको दावी रहेको छ ।
अर्थात् पाकिस्तानसंग हरेक क्षेत्रमा सम्र्पक र समवन्धलाई धनिधुत बनाउ‘दै प्रजातन्त्र र आर्थिक विकासको वाटोमा आउन निमन्त्रणा दिनु भारतीय परराष्ट्र नीतिको प्रारुप हुनु पर्दछ । सैनीकीकरण र कटरपन्थी वाटोमा गएर एक मुलुक मात्रै दुर्घटनामा पर्दैन त्यसले सबभन्दा बढि छिमेकीलाई प्रभावित गर्दछ । अफगानीस्तान सोमालीयाको वाटोमा जादैछ । यसको कारक तत्व प्रजातन्त्रको नरसंहार हो । यस अर्थमा एउटा जिम्मेवार प्रजातान्त्रिक मुलुकको महत्वपूर्ण जिम्मेवारी छिमेकीहरू प्रजातान्त्रिक वाटोमा लैजान उत्प्रेरकको भुमिका खेल्नु हो । म्यानमार, अफगानीस्तान र केही हदसम्म पाकिस्तान सैनीकीकरणको शिकार भएको छ । यस परिवेशमा भारतीय परराष्ट्रनीतिले भारतीय संस्कृती अनुरुप र अनुकुल अगाडी बढ्नु पर्दछ ।












प्रतिक्रिया दिनुहोस्