जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ११:५३

कञ्चनपुर क्षेत्र नं. ३ मा सर्वसम्मत प्रतिनिधि चयन


काठमाडौं, २८ कार्तिक । महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले क्षेत्र नं. ३ मा सर्वसम्मत ढंगले महाधिवेशन प्रतिनिधिको छनोट गरेको छ । १२ जना उम्मेदबारबाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो । संघीय सांसद दिपकप्रकाश भट्ट, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र जिल्ला कमिटी सल्लाहकार खिमा चन्दलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले कञ्चनपुरका कार्यालय सचिव कर्णबहादुर चन्दले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ गगन खत्री, चन्द्रसिंह धामी, हरि धनाडी, जनक अवस्थी, हरिप्रसाद जोशी, महेश पन्त र विष्णु अवस्थीले पनि इच्छा राख्नुभएको थियो । यसैगरी महिलातर्फ चिनी गिरीको उम्मेदवारी परेको थियो । सहमति नजुटेपछि शनिवार आकांक्षीहरुले जिल्ला इन्चार्ज निरु पाल र अध्यक्ष बीरबहादुर थापाले गरेको निर्णय मान्य हुने भन्दै कागज गर्नुभएको थियो ।