जनता टाइम्स

४ पुष २०७८, आईतवार १४:२६

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ


मुगु, ४ पुस । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् ।

कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सँजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताउनुभयो । पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई केजि छ ।