वैद्यले सिङ्गो हिमाली उपमहाद्वीप सहित नेपालमा पनि धर्मलाई वस्तुको स्वभाव वा गुण लोक स्वीकार्य वैज्ञानिक मान्यता र मानवीय नैतिक सत्गुण आदिका रुपमा ग्रहण गरिने लामो ऐतिहासिक तथा सांस्कृतिक परम्परा रहेको उल्लेख गरेका छन् । उनका अनुसार त्यसको महत्वलाई माक्र्सवादीहरु बिना हिचकिचावट स्वीकार गर्छन् । माक्र्सवादीहरु सिङ्गो मानव जातिद्वारा लामो ऐतिहासिक प्रक्रियामा विकसित सबै वैज्ञानिक विचार र जनपक्षीय नैतिक मूल्य मान्यताहरुको दृढ पक्षपोषण गर्छन्
प्रा.डा. बद्रीविशाल पोखरेल
कार्ल माक्र्सले धर्मलाईं अफिम भनेको हुँदा यही एक वाक्यका आधारमा कम्युनिस्ट र तिनका विरोधीहरु धर्मका विषयमा निक्कै ठूलो भ्रममा परेका छन । तर उक्त कुरा कुन सन्दर्भ, प्रसंग र परिस्थितिमा भनेका हुन भन्ने कुरालाई अझै राम्ररी पर्गेलेर हेरेको र सही निचोडमा दुवैथरि पुगेको देखिन्न । कहिले काहिँ सिद्धान्त भन्दा व्यवहार हावी र प्रभावी हुन्छ अनि बिरालो बाँध्ने चरम अन्धसंस्कारले मानव मनमा गहिरो जरा गाड्छ । त्यसैले सारमा कम्युनिष्टहरु धर्म सम्बन्धी परम्परागत अन्ध धारणाबाट प्रभावित भएका देखिन्छन् र त्यसको प्राकृतिक वा नैसर्गिक व्याख्या विश्लेषणबाट अनविज्ञ छन् । यसको अर्थ तिनीहरु धर्मको वास्तविक अर्थ नै बुझ्दैनन् र धर्मप्रति असहिष्णु देखिन्छन् वा मान्दैनन् । अध्यात्मवादी/अधिभौतिकवादी/प्रत्ययवादी सारयुक्त फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्वलाई माक्र्सले सघन अध्ययन गरेर भौतिकवादी व्याख्या र विश्लेषण गरेको हुँदा माक्र्सवाद सिद्धान्तका रुपमा उदय भएको हो ।
माक्र्सले त्यति नगरिदिएका भए अहिले पनि कम्युनिस्टहरु कुहिराको काग भइरहने थिए र माक्र्सवादी सिद्धान्त प्रतिपादन कहिले र कसले गथ्र्यो भन्न सकिन्न । परम्परागत व्याख्या र विश्लेषणमा मात्र निर्भर हुने हो भने नवीन विचार,मान्यता र वादको सिर्जना हुनसक्तैन । त्यसैले अहिले पनि कार्लमाक्र्स जस्ता अनुसन्धाताको खाँचो छ । धर्म, दर्शन, विचार र ज्ञानका क्षेत्रमा नवीन खोज गरेर समाजको सेवामा सक्रिय हुने हो भने यस्ता काममा प्राथमितापूर्वक ध्यान दिनुपर्छ । पुर्खाले जेजे खोज गरे र निष्कर्ष निकाले त्यसैमा चित्त बुझाएर बसेका भए माक्र्सले नयाँ सिद्धान्त प्रतिपादन गर्ने थिएनन् ।
माक्र्सले सामन्तवादको रक्षक क्याथोलिक शाखाका तुलनामा सामन्तवाद र कट्टरपन्थ विरोधी प्रोटेस्टेन्टलाई सकारात्मक ठानेका थिए । यसबाट माक्र्सको धर्मसम्बन्धी सापेक्ष दृष्टिकोण अवगत हुन्छ । माक्र्सवादका अनुसार मानिसको मनोजगत वाह्य वस्तुजगतको प्रतिविम्ब भनेझैँ माक्र्स एङ्गेल्सले तत्कालीन उपलब्ध यहुदी, इसाइ र इस्लाम सम्बन्धमा आधारित भएर धर्म सम्बन्धी धारणा बनाएको स्पष्ट हुन्छ । त्यसैले माक्र्सले धर्म भनेको उत्पीडित प्राणीको सुस्केरा हो,हृदयहीन संसारको मर्म हो तथा निरुत्साह परिस्थितिको उत्साह पनि हो भने । माक्र्सले धर्मलाई अफिम भन्नुको अर्थ अफिमको नसाले लट्ठिएको मानिसले एकछिनका लागि अनकौँ दुःख, कष्ट, र चिन्ताबाट मुक्ति त र त्राण पाउँछ तर त्यो वास्तविक मुक्ति हुँदैन र होइन भनेका हुन् । कार्लमाक्र्सले तत्कालीन चर्चका घोर अमानवीय, क्रूर दमन तथा उत्पीडन देखेर धर्मलाई अफिम भनेका हुन् । चर्च र इसाइ धर्मका कारण लियोनार्दो ब्रूनो,ग्यालिलियो आदि महान् वैज्ञानिकहरू ज्युँदै जलाइए ।
यही कुराहरूलाई आधार बनाएर माक्र्सले धर्म आत्माहरूको आत्माहीन अवस्था हो भने । लेनिनले भनेँ मानिसले धर्म बनाए तर धर्मले मान्छे बनाएन भने । उनले धर्म भनेको अन्यायीहरूको बोली हो, त्यसैले कम्युनिस्टहरूले धर्म मान्नु हुँदैन पनि भने । माओले पनि धर्मलाई पश्चगामी सोच भने । यसको अर्थ नरसंहारमुखी धर्मको विरोध हो भन्ने बुझ्नुपर्छ । एङ्गेल्सले प्रारम्भिक इसाइ धर्ममा इसा मसिहलाई सामन्तवादी क्रूर शाषकले फाँसी समेत दिएको हुँदा त्यसका विरुद्धको प्राटेस्टेन्ट शाखालाई तुनात्मक रुपमा ठीक ठहर गरेको स्पष्ट हुन्छ । यसबाट माक्र्स एङ्गेल्सले नृशंस तथा जनविरोधी धर्मको विरोध गरेको स्पष्ट हुन्छ ।
यसैले माक्र्सले वैदिक सनातन धर्मका सर्वे भवन्तु सुखिनः (सबै सुखी हून्,) र वसुुधैव कुटुम्बकम्, (सारा धर्ती बन्धुहरुको हो,) आत्मवत् सर्वभूतेषु, (सबै प्राणीको आत्मालाई आफ्नू आत्मासरह मान, द्यौ शान्तिः पृथिवी शान्ति, (आकास र पृथिवी शान्ति,) असतो मा सद्गमय, (असत्यबाट सत्यतिर लैजाऊ,)परदारेषु मातृवत् (परस्त्रीलाई आमा सरह मान,) परद्व्येषु लोष्टवत् (परधनलाई परालको त्यान्द्रोझैँ ठान,) आलष्यम् हि मनुष्याणम् शरीररस्थो महान् रिपुः (मानिसको ठूलो शत्रु अल्छेपन हो ) यत्र नार्यस्तु पूज्यन्ते रमन्ते, तत्र देवता,(जहाँ नारी पुजिन्छन् त्यहाँ द्यौता पनि खुसी हुन्छन्,) परोपकार पुण्याय पापाय परपीडनम्, (परोपकार नै पुण्य वा धर्म हो,परपीडन पाप हो ) जस्ता समस्त मानव जातिको कल्याणकामी धर्म र संस्कृतिको सार तत्त्वलाई उहाँहरुले सकारात्मक रूपमा अवश्य ग्रहण गर्थे भन्ने थाहा हुन्छ ।
अझ वादे वादे जायते तत्व बोधः (वाद विवाद र छलफलबाट नै तत्वबोध हुन्छ ) जस्ता अनेक वैचारिक द्वन्द्व सम्मिलित वा सम्मिश्रित वैदिक सनातन धर्म र संस्कृतिका अनेक सकारात्मक तथा जीवनोपयोगी पक्षहरुको अध्ययन गर्ने अवसर माक्र्सलाई मिलेको भए धर्मको व्याख्या र विश्लेषण वस्तुपरक र यथार्थवादी हुने थियो भन्ने स्पष्ट हुन्छ ।
माक्र्सवादले शून्यबाट जगत् र जीवनको निर्माण र विकास भएकोे स्वीकार गर्दैन । यस अनुसार पनि मानव जातिले धर्मसम्बन्धी उत्प्रेरणा प्रकृतिबाट प्राप्त गरेको देखिन्छ । किनकि विशेष सचेतनायुक्त मानवले प्रकृति, प्रकृति जगत्, वस्तु तथा पदार्थको सेवाभाव केन्द्रित अवस्था र स्थितिलाई गम्भीर रुपमा महसुस ग¥यो । यसैको परिणाम उन्नत चेतको मानवले समाजसेवा मात्र होइन जीवन जगत्को सेवाका खातिर क्रमशः धर्म सम्बन्धी धारणाहरु निर्माण र विकास परेको स्पष्ट हुन आउँछ । यसको उदाहरण धर्मका अनेक सकारात्मक अर्थ र परिभाषाहरुबाट स्पष्ट हुन्छ ।
वास्तवमा धर्म भनेको कुनै पनि वस्तु पदार्थमा निहित गुण,विशेषता र पहिचान हो । पानीको धर्म भिजाउनु, तिर्खा मेटनु,सिचाइ गर्नु र आगोको धर्म डढाउनु हो । धार्मिक पौराणिक ग्रन्थहरुमा धर्मका धेरै लक्षणहरु बताइएको पनि छ । धर्म भनेको केवल रुढीग्रस्त,अन्धविश्वासी र ढोँगी विषय मात्र होइन । यसको अर्थ आशय मनुस्मृतिमा सुखदुःखमा एक नास रहनु वा धैर्य गर्नु, सहन गरेर समस्याको समाधान गर्नु वा क्षमा गर्नु, मनलाई आफ्नो बसमा राख्नु वा दमन गर्नु र अरुको हकमा हस्तक्षेप नगर्नु अस्तेय वा नचोर्नु,सत्यको पक्ष लिनु,नरिसाउनु वा रिसलाई नियन्त्रण गर्नु र शरीर शुद्ध राख्नु, इन्द्रिय निग्रह अर्थात् आफ्ना इन्द्रियहरु बसमा राख्नु जस्ता धर्मका दस लक्षण हुन् भनिएको पाइन्छ ।
मोहन वैद्य चैतन्य उपनामबाट सुपरिचित प्रसिद्ध माक्र्सवादी गहन चिन्तक तथा वरिष्ठ लेखक हुनुहुन्छ । अनु्सार हिमाली उपमहाद्वीप र पश्चिममा धर्म बारेको बुझाइमा अर्थात् धर्म शब्दको अर्थ र परिधि बारे केही भिन्नता पाइने कुरा बताएका छन् । उनका अनुसार उत्पत्तिका हिसावले पश्चिमको रिलिजन र यहाँको धर्मबीच अन्तर देखापर्छ । पश्चिममा धर्मको कुरा गर्ने बित्तिकै मुख्यतः ईश्वरको कुरा आउँछ तर पूर्र्वीय जगत्मा त्यस्तो छैन भन्ने भनाइ वैद्यको रहको देखिन्छ । वैद्यका अनुसार नेपालको प्राचीन धर्म प्राकृतिक धर्म हो, यसलाई बोन धर्म,धामीवाद र झाँक्रीवाद पनि भनिन्छ । यो धर्म तन्त्र, मन्त्र, जादु, टुना , झारफुक र बलीपूजा लगायत मान्यतामा आधारित छ ।
वैद्यले सिङ्गो हिमाली उपमहाद्वीप सहित नेपालमा पनि धर्मलाई वस्तुको स्वभाव वा गुण लोक स्वीकार्य वैज्ञानिक मान्यता र मानवीय नैतिक सत्गुण आदिका रुपमा ग्रहण गरिने लामो ऐतिहासिक तथा सांस्कृतिक परम्परा रहेको उल्लेख गरेका छन् । उनका अनुसार त्यसको महत्वलाई माक्र्सवादीहरु बिना हिचकिचावट स्वीकार गर्छन् । माक्र्सवादीहरु सिङ्गो मानव जातिद्वारा लामो ऐतिहासिक प्रक्रियामा विकसित सबै वैज्ञानिक विचार र जनपक्षीय नैतिक मूल्य मान्यताहरुको दृढ पक्षपोषण गर्छन् ।
भारतीय उपमहा द्विपीय सन्दर्भमा भन्नु पर्दा वेद, महाभारत, उपनिषद्, नव दर्शन, पुराण आदिलाई माक्र्सवादीहरु विश्लेषणात्मक आधारमा हेर्दछन् र त्यहाँ समाविष्ट सम्बन्धित समय सन्दर्भका समुचित मान्यतासहित समस्त वैज्ञानिक तथा लोकपक्षीय विचारहरुको दृढ समर्थन र अवैज्ञानिक तथा लोक विरोधी विचारहरुको विरोध गर्दछन् । मानव जातिको सिङ्गो इतिहास र सांस्कृतिक परम्पराप्रतिको माक्र्सवादी दृष्टिकोण शून्यवाद होइन । वैद्यका अनुसार पदार्थलाई प्राथमिक मान्ने माक्र्सवादले जीवन जगत्मा शून्यवादलाई स्वीकार गर्दैन । त्यसैले माक्र्सवादले धर्म र संस्कृतिलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित मान्दछ ।
विश्व ब्रम्हाण्डको उत्पत्तिका बारेमा सृष्टिवादी धरणालाई विकासवादी धारणले खण्डित गरिसकेको छ । यस अनुसार जगत् प्रकृतिको लामो विकासको नतिजा हो । यसले जीवहरु भौतिक संसरकै परिवर्तन र विकासबाट उत्पत्ति भएको मान्छ । वैज्ञानिकहरु तथा इतिहासविद्हरुले जीवन जगत्को सृष्टि तथा मानव उत्पत्ति र विकासको समय समेत किटानी गरका छन् । तर आफूलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी प्रखर व्यक्ति ठान्ने र मान्ने कतिपय माक्र्सवादीहरु सकार नकारपक्षको छानबिन नै गर्दैनन् । वैदिक सनातन धर्म र संस्कतिका समाज उपयोगी तथा जीवनोपयोगी सकारलाई समेत अस्वीकार गर्छन् । आत्माको वास्तविक शब्दकोशीय अर्थ जीव,देश र शरीर हो तर मानव पुर्खाहरुले परमात्मा भनेको इश्वर र आत्मा भनेको उनै इश्वरको आत्माको अंश भन्ने अर्थ रुढ हुनगयो ।
आत्माको त्यसैले वस्तुवादी व्याख्या विश्लेषण अघि बढाउनु अपरिहार्य भएको छ । यस सम्बन्धमा पनि वैज्ञानिक खोजहरु पर्याप्त रुपमा भएका छन् । ब्रम्हा,विष्णु,महेश्वर लगायत हामीले मानिआएका देवी द्यौताको समय र कालखण्ड निर्धारण गरेको देखिन्छ । वेद ,उपनिषद्,रामायण र महाभारत लगायत धार्मिक सांस्कृतिक ग्रन्थहरुको रचनाकाल समेतको खोज गरी निक्र्यौल गरिसकेको अवस्था छ । उपर्युक्त कतिपय धार्मिक सांस्कृतिक ग्रन्थहरु कवि कल्पनाको रङ्गले रङगाइएका भए पनि ती यथार्थ र वास्तविकताका धरातलमा आधारित रचना हु्न् ।
हामीले आराध्यदेव मानेका ब्रम्हा,विष्णु,महेश्वर,कृष्ण,दुर्गा,युमा,पारुहाङ आदि तमाम आदि पुर्खाहरु आआफ्ना कालखण्ड र सम्प्रदायका युग नायक हुन् । भगवान्लाई ,ईशः स्वामी, शक्तिशाली, ईश्वर, शक्ति सम्पन्न,योग्य,समर्थ,शक्ति र व्यक्तिका रुपमा अथ्र्याएको पाइन्छ । प्रकृति र जगत्लाई ज्ञानको स्रोत मान्ने सांख्य दर्शन हामी सित रहेको छ । चार्वाक जस्ता भौतिकवादी दार्शनिकहरु बौद्धिक तथा नवीन चिन्तकहरु उतिबेला पनि अन्धविश्वासका बारेमा बौद्धिक रुपमा द्वन्द्वरत थिए । उनीहरुले अध्यात्मवादी सृष्टिवादको खण्डन गर्दै आगो, बतास, पानी, र पृथ्वी यी चार मूल र अनादि तत्व हुन् भनेका छन् ।
उपर्युक्त ग्रन्थहरुमा तत्कालीन समाजको ज्ञानको र सूचनाको सीमितताका कारण जीवन जगत् सम्बन्धी कतिपय अन्धविश्वास र रुढीग्रस्त धारणाहरु स्थापित र विकसित भएका हुन् । अब धर्म,अध्यात्म र देवी देवता बारेमा अन्ध धारणामा रुपान्तर गर्नु अपरिहार्य देखिन्छ । अध्यात्म भन्नाले वस्तु, पदार्थ, जीव र मानव जीवनमा अन्तरर्निहित , अन्तर जगत्, सार, चुरो र अन्तर्य हो । तर अध्यात्मवाद भनेको चाहिँ जस्वन जगत्को निर्माणमा अदृश्य र अलौकिक शक्तिको देन ठान्ने चिन्तन हो । प्राविधिक र पारिभाषिक शब्दका रुपमा पनि सही अर्थ प्रदान गर्नु जरुरी छ ।
त्यसैले परम्परागत धर्म ,संस्कृति,संस्कार रीत र परम्परालाई पुनः परिभाषित, पुनः निर्मित र सम्बर्धित गर्दै समयानुकूल बनाउनु पर्छ । धर्म र अध्यात्म भन्ने शब्द सुन्ने बित्तिकै तर्सिने र ततर्किने उग्रवादी र अतिवादी सोचले त्यसभित्रका कैयौँ सकारात्मक पक्षहरुलाई समेत दुत्कार्ने स्थिति देखिएको छ । सबै धर्म र संस्कृतिभित्र विद्यमान मानवतावादी र जीवनोपयोगी अनेक स्वस्थ्य धार्मिक तथा सांस्कृतिक पक्षहरुलाई ओझेल पारेर आम जनतालाई भ्रमित पारिएको छ । भाग्यवादको अहोरात्र भाष्य, भजन र कीर्तन गरिन्छ, गराइन्छ तर पौरुष र पराक्रम बिना कुनै पनि व्यक्ति, समाज र देशको उन्नति हुँदैन चनिएको पाइन्छ ।
ग्निपुराणलाई भारतीय ज्ञानकोष भनिन्छ । पुराण लगायत धार्मिक ग्रन्थहरुमा जीवनोपयोगी र समाजोपयोगी अनेक सूक्ति,उक्ति, सन्दर्भ र श्लोकहरु पाइन्छन् । वैदिक सनातन वा हिन्दू लगायत नेपालका सबै सनातन धर्म संस्कृतिमा मानव समाजलाई सभ्य,भव्य,मर्यादित, मानव मैत्री तथा सहिष्णु बनाउने उदात्त चेत र चिन्तन पाइन्छ । त्यहाँ अनेकन विकृति हरु पनि रहेका छन् तर ती विकृतिहरु विशेषतः सामन्तवादी शासनकाल सुरु हुँदै प्रवेश गराइएका समृद्ध बनाइएको देखिन्छ । त्यसैले धार्मिक सांस्कृतिक अन्ध परम्परालाई कलात्मक हस्तक्षेप गरी सुधार गर्दै जानुपर्छ । एक विद्वान्ले संस्कृतिका क्षेत्रमा बन्चरो होइन सियो प्रयाग गर्नुपर्छ भनेझैँ जनताको धार्मिक आस्थामा चोट नपर्ने गरी क्रमशः विसंगत पक्षलाई सरोकार समाजकै साथ र सहयोगमा निस्तेज गर्ने काममा पहलकदमी लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्