काठमाडौं ,२० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा नरहन आग्रह गरेका छन् । सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले प्रचण्डमा अहिले पनि भ्रम देखिएको बताएका हुन् ।
‘भ्रमजालबाट मुक्त हुनुस्, र सुध्रनुस् । हिजो तपाईंको समय जस्तो छैन । जनता जागृत भइसकेका छन्,’ लिङ्देनले भने । अध्यक्ष लिङ्देनले माओवादीको युवा संगठन वाईसीएलले पनि बदलिएको समय बुझ्नुपर्ने बताए । ‘म वाईसीएलका भाइहरूलाई भन्छु, समय २०६४ साल अगाडि जस्तो छैन,’ उनले भने ।
प्रहरी प्रशासन र सीडीयो कार्यालयसँग पनि लिङ्देनले आग्रह गरेका छन् । संविधान विपरीत निषेधाज्ञा बिस्तार गर्ने निर्णय फिर्ता लिन सीडीयोसँग लिङ्देनले आग्रह गरेका हुन् । ‘संविधान विपरीत निर्णय प्रहरीले पनि मान्नु हुँदैन, सीडीयोले पनि मान्नु हुँदैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्