जनता टाइम्स

२६ चैत्र २०७८, शनिबार १८:११

माओवादी कार्यकर्ता उस्तै उग्र – गाउँपालिका अध्यक्षको घरमा ढुंगामुढा


सिमकोट, २६ चैत । हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् । शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले आज दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।

शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनुभयो ।अदानचुली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन् ।

घरमा समेत सामान्य क्षति पुगेको रेडियो श्रीनगरका कालीबहादुर थापाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर घटना नियन्त्रण लिन खोज्दा प्रहरी असई कृष्ण बुढालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कर्यालयले जनाएको छ । गाउँपालिका केन्द्र समेत रहेको श्रीनगरमा प्रहरी चौकी भए पनि जनशक्ति कमी भएका कारण नजिकका प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै एउटा पसल र होटेलमा तोडफोडका साथै कार्यकर्तामाथि हातपातसमेत गरेको आरोप लगाएका थिए । त्यसको प्रतिवाद स्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुलीले विज्ञप्ति निकालेर जानकारी गराएको हो ।

अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको प्रहरीले जनाएको छ । दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने देखिएको छ । घटनाको क्षतिको विवरणको केही जानकारी नआएको र घटना दोषी कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको र जिल्लाका नेतासँग छलफल भईरहेको छ ,