काठमाडौं, माघ ११ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच कर्णाली र लुम्बिनीमा चुनावी तालमेल भएको छ ।
एमाले उपाध्यक्ष तथा निर्वाचन परीचालन समितिका संयोजक रामबहादुर थापा बादल र प्रलोपाका अध्यक्ष दुर्गा सोवले आज सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार एमालेले रुकूम पश्चिममा जनार्दन शर्मा र रुकुमपूर्वमा संदीप पनलाई मतदान गर्नेछ ।
यस्तै प्रलोपाले कर्णाली अञ्चलका हुम्ला र जुम्लाबाहेकका सवै जिल्लामा एमाले उम्मेद्वारलाई मतदान गर्ने सहमति भएको छ । यसैगरी साविकको राप्ती अञ्चलका सवै जिल्लामा नेकपा एमालेका उम्मेद्वारलाई सूर्य चिन्हमा मतदान गरिने सहमति भएको छ ।














प्रतिक्रिया दिनुहोस्