जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार १७:४१

कर्णालीमा एमालेले खाता खोल्यो : दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी


दैलेख, फागुन २३ । दैलेख क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी हुनुभएको छ । पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।

पोखरेलको जीतसँगै कर्णाली प्रदेशमा एमालेले जीतको खाता खोलेको छ । पोखरेल बिजयी भएपछि प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित संख्या तीन पुगेको छ । यसअघि बाँके–२ र बझाङ–१ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।