जाजरकोट, चैत २८ । नेकपा एमालेले जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धन दललाई उम्मेदवारको टुंङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश (सिपी) घर्तीलाई सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको हो
सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निश्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताउनु भयो । भेरी नगरपालिकामा मेयर घर्तीले राम्रो काम गरेको कारण उहाँलाई नै उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय एमालेले गरेको हो ।













प्रतिक्रिया दिनुहोस्