जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार ११:५६

बलिउड अभिनेता अर्जुन कपुर के गर्दैछन् पोखरामा?


बलिउडका चर्चित अभिनेता अर्जुन कपुर यतिबेला पोखरामा चलचित्र ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङमा व्यस्त छन्। सोमबार नेपाल आइपुगेका उनी सोही दिन बुद्ध एयरको विमानबाट पोखरा पुगेका हुन्। चलचित्र ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङका लागि अर्जुन नेपाल आएका हुन्। उनी उक्त फिल्ममा हरियाना पुलिसको ३० वर्षे अफिसरका भूमिकामा देखिँदैन्।

सुटिङका लागि उनीसँगै नायिका परिनीति चोपडा पनि नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

फिल्ममा आफूले नयाँ भूमिका निर्वाह गर्न लागेका कारण आफू उत्साहित भएको अर्जुनले बताएका छन्।

भारतको दिल्लीको सुटिङ सकेर नेपाल आएको ‘इण्डियाज मोस्ट वान्टेट’को नेपालको पोखरा र त्यसआसपासका केही स्थानका समेत सुटिङ हुने भारतीय सञ्चारमध्यमले जनाएका छन्। फिल्मको निर्देशन राजकुमार गुप्ताले गर्दैछन्।

अर्जुनको नेपाल बसाइको अवधि नखुलाइएको भए पनि उनी फिल्मको सुटिङ अवधिभर नेपाल रहने जनाएको छ। फिल्ममा उनी भारतबाट फरार अभियुक्तको खोजीमा नेपाल आएको बताइएको छ।