जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार ११:५५

चुजी बन्दै कियारा, यसरी छान्छिन् फिल्म


फिल्म ‘लभस्टोरी’मा आफ्नो भूमिकाका कारण सबैका ध्यान खिच्न सफल बलिउड अभिनेत्री कियारा आडवाणी आफू पहिलेको तुलनामा फिल्म छनोटमा जिम्मेवार बन्दै गएको बताएकी छन्।

२०१४ मा फिल्म ‘फगली’बाट अभिनययात्रा प्रारम्भ गरेकी यी अभिनेत्री त्यसपछि ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ र ‘मेसिन’ जस्ता चलचित्रमा काम गरिन्। करण जौहरको ‘लस्ट स्टोरिज’बाट उनलाई चर्चा मिलेको हो। यसमा मिलेको ख्यातीसँगै उनी फिल्म छनोटमा जिम्मेवार बनेकी हुन्।

‘म अब फिल्म छनोटलाई लिएर धेरै जिम्मेवार महसुस गर्न लागेकी छु’, उनले भनेकी छन्, ‘मैले अब अझै मेहेनतका साथ काम गर्ने र त्यो र त्यो जिम्मेवारीलाई पूरा पूरा गर्ने संकल्प लिएकी छु। म ती मानिसमा गर्व गर्न चाहन्छु जसले मामाथि भरोसा गरेका छन्।’

कियाराले सिनेमा समाजको प्रतिबिम्ब भएका कारण यसमा देखाइने विषयले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताइन्। सिनेमाका पात्रमा घटने घटनासँग मेलखाने व्प्यक्तिलाई यसले प्रभाव पार्ने उनको भनाइ थियो।

आफ्नो करिअरमा मिलेको सफलताप्रति खुसी हुँदै उनले भनेकी छन्, ‘मलाइ लाग्छ कि जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा खुसी हुनु हो, तपाई खुसी हुनुहून्छ भने तपाईंले गरेका सबै काममा त्यसको प्रभाव पर्छ।’

कियारा अहिले अक्षयकुमर अभिनित ‘गुड न्युज्’ र करण जौहरको ‘कलंक’मा आवद्ध छिन्। कलंकमा उनी सञ्जयदत्तका साथ देखिनेछिन्।