हलिउड अभिनेत्री एन्जेलिना जोलीले अमेरिकन एथलेट जिर्म थोर्पको जीवीनीमा आधारित ‘ब्राइट पाथः द जिम थोर्प स्टोरी’ निर्माण गर्ने भएकी छिन्। जिमको भूमिकामा मार्टिन सेन्समायर देखिनेछन्। अमेरिकी खेलाडी जिमले सन् १९१२ मा ओलम्पिकमा २ वटा स्वर्ण पदक जितेका थिए।
एन्जेलिनाले जिम जस्तो लेजेन्ड्री खेलाडीको जीवनीमा फिल्म बनाउन पाउँदा खुसी लागेको बताएकी छिन्। निर्मातामा टोड ब्ल्याक, स्टीभ टिस्च र अब्राहम टेलर पनि रहेका छन्।
यस अलावा एन्जेलिनाले आफ्नो मूख्य भूमिका रहने डिज्नेको ‘मेलिफिसेन्ट २’ पनि निर्माण गर्ने तयारीमा जुटेकी छिन्।
प्रतिक्रिया दिनुहोस्