काठमाडौं, जेठ ४ । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री र मन्त्रीहरू खुलेआम भ्रष्टाचारमा संलग्न भएको खुलासा गर्नुभएको छ ।
आज बसेको संसद बैठकमा सम्बोधन गर्दै सांसद गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै मन्त्रीहरूले नै भ्रष्टाचार गरिरहेको तथ्यहरू आइरहेको खुलासा गर्नुभएको हो ।
‘म एउटा कुरा स्मरण गर्न चाहन्छु । हिजो म सिंहदरबार गएँ । त्यहाँ लेखिएको छ- म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने टाँसिएको छ’ माओवादी नेता गजुरेलले भन्नुभयो, ‘खुलेआम भ्रष्टाचार भइरहेको छ । सरकारका प्रधानमन्त्री, मन्त्रीहरू खुलेआम भ्रष्टाचार गरिरहेका छन् । तथ्यहरु आइरहेका छन् । अब त्यहाँ मजाक छ । साइनबोर्ड टाँसिएका छन् ।’
नेता गजुरेलले भ्रष्टाचार गरेर बस्ने प्रधानमन्त्री र मन्त्रीहरूलाई कठालामा समाउन सक्ने कि नसक्ने भनी प्रश्न पनि गर्नुभयो । ‘अब यो कसरी हेरेर बस्ने ? सबै हामी टुलुटुलु हेरेर बस्ने ? भ्रष्टाचार गर्ने प्रधानमन्त्रीलाई, मन्त्रीलाई हामी कठघरामा समातेर ल्याउन सक्छौं कि सक्दैनौं ?’ उहाँको प्रश्न थियो ।













प्रतिक्रिया दिनुहोस्