जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार २१:११

नागरिकमाथि गठबन्धन सरकारको अपराध, पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यबृद्धि (सूचीसहित)


काठमाडौं, जेठ ८ । सरकारले फेरि पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो । यो निर्णयसँगै अव पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ ।

यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा पनि सरकारले दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ । रोचक पक्ष त के छ भने निगमले मूल्यबृद्धि गर्नुअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ ५ दलको बैठक बसेको थियो ।