जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १०:०३

नीति तथा कार्यक्रममा नयाँ कुरा केही छैन : डा युवराज खतिवडा


काठमाडौं, जेठ १२ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा नेही नभएको बताउनु भएको छ । सरकारले मंगलवार संसदको संयुक्त बैठकमा पेश गरेको नीति कार्यक्रमबारे यस्तो टिप्पणी गर्नुभएको हो । खतिवडाले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति कार्यक्रमलाई नै भाषा हेरफेर गरेर ल्याएको बताउनु भयो ।

‘यो कार्यक्रमले कुनै दिशा पक्डिएको छैन। यस्तै, पानी, बिजुली र अलिकति जनजीविकाका कुराहरू मात्रै गर्नुपर्छ भनेर आलोचना गर्ने यो सरकारले कृषिपछिको प्राथमिकतामा यातायात राखेर अर्थतन्त्र चलायमान बनाउने भनिएको छ। सडक पानीजहाज, रेल पनि राखिएको छ,’ खतिवडाले भन्नुभयो ।

यस्तो छ टिप्पणी

यो खिचडी सरकारको नीति एउटा हुने कुरा नै भएन। पुरानो कार्यक्रमलाई परिमार्जनसहित अघि बढाउन खोजिएको छ। पुराना कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी नै लागेको छ। निर्वाचनका वर्षमा नयाँ कार्यक्रम नल्याउनु पनि राम्रै हो।

नीतिगत रूपमा भन्ने हो कुनै डिपाचर छैन। निजी क्षेत्र र पुँजीवादको विकास गर्ने पार्टीको नेतृत्वमा प्रधानमन्त्री अनि राजकीय भूमिका बढाउँदै राज्यको नियन्त्रणमा साधन, स्रोत लिएर नियन्त्रित अर्थव्यवस्था चलाउनुपर्छ भन्ने अर्थमन्त्री बीचको सम्झौता यो नीति तथा कार्यक्रम हो। यो कार्यक्रमले कुनै दिशा पक्डिएको छैन। यस्तै, पानी, बिजुली र अलिकति जनजीविकाका कुराहरू मात्रै गर्नुपर्छ भनेर आलोचना गर्ने यो सरकारले कृषिपछिको प्राथमिकतामा यातायात राखेर अर्थतन्त्र चलायमान बनाउने भनिएको छ। सडक पानीजहाज, रेल पनि राखिएको छ।