जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १८:५६

निजगढ बिमानस्थल रोक्ने सर्वाेच्चको फैसलाप्रति एमाले उपमहासचिव ज्ञवालीको कठोर टिप्पणी


काठमाडौं, जेठ १२ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नपाउने भनी आएको सर्बोच्च अदालतको फैसलाको नियतमाथि गम्भीर प्रश्न उठाउनु भएको छ ।

पूर्व परराष्ट्रमन्त्री तथा पर्यटनमन्त्रीसमेत रहनुभएका ज्ञवालीले आज अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न उठाउनु भएको हो । अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले अदालतको फैसला दुर्भाग्यपूर्ण र विकासको सम्भावनामाथि आँच पुर्याउने कदम भन्नुभएको छ ।

‘निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्याएको छ,’ ज्ञवालीले भन्नुभएको छ, ‘आखिर कसरी र कस्को हितमा हुन्छन यस्ता फैसला ?