जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार ०९:१४

एमालेको सहकारी विभागमा २३ जना सदस्य मनोनित (सूचीसहित)


काठमाडौं, जेठ १९ । नेकपा एमालेले २३ सदस्यीय सहकारी विभाग गठन गरेको छ । वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको सचिवालय बैठकले २३ जनालाई मनोनयन गरेको हो ।

विभागको प्रमुखमा कमल चौलागाईं र उपप्रमुखमा अमृता सुब्बा र निर्मल कुमार भट्टराई रहनुभएको छ । महासचिव शंकर पोखरेलले जारी गरेको पत्रअनुसार विभागका सदस्यहरुमा सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता भट्टराई, सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डीबी बस्नेत, नेफ्सुकनका अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक रहनुभएको छ ।

यसैगरी राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, भीम तुलाचन, भुवनबिक्रम घिमिरे रहनुभएको छ । यस्तै एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती, साहारा सहकारीका अध्यक्ष महेन्द्र गीरी, राष्ट्रिय कृषि सहकारी संघका उपाध्यक्ष मिना ढकाल पनि विभागमा मनोनित हुनुभएको छ ।

यसैगरी नेफ्सकुन उपाध्यक्ष शान्ती अधिकारी, राष्ट्रिय पर्यटन सहकारीका संघका महासचिव देवराज पराजुली, विश्वनाथ मण्डल, शम्भु गुप्ता, विज्ञको रुपमा केशव पोखरेल र डा. खगराज शर्मा रहनुभएको छ ।

यस्तैगरी हरिहरनाथ योगी, रामबहादुर जिसी, राष्ट्रिय स्वास्थ्य सहकारी संघका अध्यक्ष खेम सुवेदी, पर्यटन सहकारी संघका अध्यक्ष राशरण शर्मा र जीवछराज खड्का विभागमा मनोनयन हुनुभएको छ ।