काठमाडौं, २० जेठ । एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताउनभएको छ । आज प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताउनुभएको हो ।
‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘तत्कालै खृुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल, त्यो ल्याउनका लागि एउटा देशमाथि निर्भरता होइन, त्यतातर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।
दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको कार्य अघि बढाउनुपर्ने भन्दै उहाँले अनावश्यक बाह्य मूल्यका चाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानाको नियमन गर्नुपर्ने बताउनुभयो ।
एमाले नेता रावलले दैलेखमा पेट्रोलियम पदार्थको उत्पादनको काम तीव्र पार्नुपर्ने पनि बताउनु भयो । मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले चाल्नुपर्ने विभिन्न ४ उपायका विषयमा धारणा राख्दै उहाँले पहिलोमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनको काम सरकारले तीव्र रुपमा अगाडि बढाउनुपर्ने धाबताउनु भयो । यस्तै रावलले पञ्चायतकालमा पनि खुला बजारबाट कच्चा तेल ल्याएर भारतमा प्रशोधन गरेर नेपालले सह(उत्पादनको कामसमेत गर्ने गरिएको बताउँदै अहिले पनि सरकारले त्यसै गर्नुपर्ने बताउनु भयो ।
सांसद रावलले अर्को उपायका रुपमा विद्युत उपयोगको लागि इन्डक्सन चुलो बाड्नेभन्दा पनि अहिले जहाँ जहाँ विद्युतको उपभोग भइरहेको छ, त्यहाँ विद्युत उपयोगमा सहुलियत दिएर मानिसहरू विद्युत उपयोगतिर जाऊन् भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । यस्तै खुला सिमानालाई अन्तर्राष्ट्रिय कानुनबमोजिम नियमन गर्नुपर्ने अर्को उपाय रहेको उहाँको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्