जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार २१:२२

हडताल गर्न नपाइने यी हुन् २५ क्षेत्र


काठमाडौं, २६ जेठ । अबदेखि आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ। यस सम्बन्धी बिहीबार राजपत्रमा सूचना प्रकाशित भएको छ।

मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले आवश्यक २५ वटा सेवामा हडताल गर्न नपाइने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको हो।सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम हडताल गर्न निषेध गरिएको जनाएको छ।