जनता टाइम्स

६ असार २०७९, सोमबार १४:३४

बिर्तामोडका मेयर पबित्रामाथि उद्योग बाणिज्य संघकै नेताले गरे दुर्व्यवहार


झापा, असार ६ । बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाईं र नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथि बिर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्बदलीय बैठकमा हातपातको प्रयास भएको छ ।

बैठकमा बिर्तामोड उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरप्रमुख पबित्रा महतरा प्रसाईंमाथि दुब्र्यवहार र एमाले अध्यक्ष भट्टराईमाथि हातपातको प्रयास गर्नुभएको हो ।

बुधबारे हटियाका व्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राख्दै संघका केही व्यक्ती आन्दोलित छन । सोही बिषयमा छलफल चलिरहेको बेला नगर प्रमुख महतरा बोल्ने क्रममा न्यौपानेले जुरुक्क उठेपछि उहाँलाई एमाले अध्यक्ष भट्टराईले बसेर मेयरको कुरा सुन्न आग्रह गर्दा भट्टराईमाथि नै जाइलागेको हुन । वरपर बसेका अन्य व्यक्ति र प्रहरीले हातपात हुनबाट बचाएका थिए ।