काठमाडौं, असार ११ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्याय गरेको हो ।
मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताउनु भयो । मन्त्री बडुले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताउनु भयो ।
सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए । अब पेट्रोल एक लिटरको १७९ र डिजेल १६३ रुपैयाँ पुगेको छ।













प्रतिक्रिया दिनुहोस्