जनता टाइम्स

१२ असार २०७९, आईतवार १५:४४

सेयर बजारमा छलाङ, ३ दर्जन कम्पनीको बढ्यो १० प्रतिशत मूल्य (सूचीसहित)


काठमाडौं, असार १२ । साताको पहिलो दिन आइतबार सेयर बजारले छलाङ मारेको छ । आज शेयर बजारले ९५ अंकको छलाङ मारेको हो । यस्तै आज नेप्से ९४.९ अंक (५.१ प्रतिशत)ले बढेर १९५६ अंकमा कायम भएको छ । कारोबार रकम पनि २ अर्ब १९ करोड पुगेको छ ।

आज सबै उपसमूहका सूचक बढेका छन । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढेका हुन ।

नेपाल धितोपत्र बोर्डका अनुसार आज झण्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंक, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको मूल्य पनि १० प्रतिशत बढेको छ ।

यसैगरी हिमाल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रीन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, ङादी ग्रुप, नबिल बैंक र शिवम सिमेन्ट क्रमशः अगाडि रहेका छन ।