जनता टाइम्स

१४ असार २०७९, मंगलवार ११:२१

आफै धान रोप्दै एमाले अध्यक्ष ओली, यस्तो छ कार्यक्रम


काठमाडौं, असार १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले रोपाईंमा सहभागी हुनुहुने भएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले रोपाई दिवसको अवसरमा बुधवार आयोजना गर्ने कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले रोपाई गर्ने कार्यक्रम तय भएको हो ।

किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार बुधवार दिउसो १२ बजे भक्तपुरको सिरुटारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुहुनेछ । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भन्नुभयो ।

उहाँका अनुसार १९औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको छ । महासंघले धानमा जैविक बिबिधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको आयोजना गरेको छ ।