जनता टाइम्स

२३ असार २०७९, बिहीबार १२:३०

जनार्दनको राष्ट्रघात : मध्यराती अर्थ मन्त्रालय छिरेर ७५० वस्तुको कर परिवर्तन गर्ने व्यक्ति भारतीय नागरिक रहेको तथ्य खुल्यो


काठमाडौँ, २३ असार ।  बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करको दर हेरफेर गर्ने दुई व्यक्तिको पहिचान खुलेको छ ।

मध्यरातमा बजेट महाशाखा प्रवेश गरेर करिब ७५० वस्तुको कर परिवर्तन गर्ने व्यक्ति रघुनाथ घिमिरे र अर्का व्यक्ति भारतीय नागरिक उपेन्द्र हेरावत रहेको तथ्य खुलेको हो ।

भारतीय नागरिक हेरावत नेपालकै ठूलो घारानाको कम्पनीमा लेखा परिक्षक ९सिए० कोरुपमा कार्यरत छन् । उनी त्यहि घरानाको निर्देशनमा करको दर हेरफेर गर्न बजेट महाशाखा पुगेका थिए ।

मध्यरातमा करको दर हेरफेर गर्न पुगेका नेपालका ठूला व्यापारीक घरानाको तर्फबाट पूर्व नायब सुब्बा रघुनाथ घिमिरेसमेत पुगेका थिए । उनको पहिचान खुलेपनि अर्का व्यक्तीकोे पहिचानलामो समय रहस्यमै थियो ।

आगामी आर्थिक वर्षको बजेटमा दुई जना अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेपछि बुधबार अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिइसकेका छन् । यस प्रकरणबाट बच्न यस अघि अर्थमन्त्री शर्माले उक्त दिनको सिसिटिभि फुटेज डिलट गराएको आरोप छ । शर्मामाथि छानविन गर्न बुधबार नै संसदले छानविन समिति गठन गरेको छ ।