जनता टाइम्स

३० असार २०७९, बिहीबार १८:४९

बालकृष्ण–जनार्दनको कमिशन खाने योजना तुहियो : हतियार खरिद कार्य तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रष्टिकरण दिनुभएको छ ।

नेपाली कांग्रेसको जाी केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो ।

‘हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,’ बैठकमा प्रधानमन्त्री देउवाले भन्नुभयो । देउवाअघि बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको बेला सरकारले केका लागि हतियार किन लागेको भन्दै प्रश्न उठाउनु भएको थियो ।

उहाँको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री देउवाले हतियार खरिदको निर्णय नभएको र खरिद नगर्ने निर्णय सुनाउनु भएको हो ।