काठमाडौं, ३ साउन । वाक स्वतन्त्रताको सम्मान गरी प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा वडाअध्यक्षमााथि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले दुव्र्यवहार गरेको घटनाप्रति मानव अधिकारकर्मीहरूले साउन २ गते प्रेस विज्ञप्थि जारी गर्दै आग्रह गर्नुका साथै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा तिलोत्तमा नगरपालिकाका नगरसभामा भएको उक्त घटनाले आमनागरिकलाई सुरक्षा दिन बसेका निकायको कार्यान्वयन गर्ने र निर्देशनात्मक आदेश दिनसक्ने अधिकारीबाट नै यस्तो खालको घटना हुनु गैरकानुनी हुनुका साथै नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौता बिपरीत भएको हाम्रो ठम्याई छ‘– भनिएको छ ।
उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका सचिव पदम पाण्डे, एफडब्लुएलडी, नेपालगञ्जका संयोजक अधिवक्ता सुनिल श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालगञ्जका संयोजक बसन्त गौतम, मानवअधिकारकर्मी अधिवक्ता शिव गौडेलद्वारा संयुक्तरुपमा प्रकाशित विज्ञप्तीमा यस्तो जनाइएको हो । विज्ञप्तिमा सुरक्षाकर्मीको व्यवसायिकता र पदीय मर्यादा बिपरीत भएको, प्रहरीको जिम्मेवार पदमा रहेका पदाधिकारीबाटै यस्ता खालका क्रियाकलाप हुनु मानव अधिकारका मुल्य मान्यता सिद्धान्तको प्रतिकुल कार्य भएकोले यस घटनामा संलग्न आरोपितलाई कानुनी कारबाही गर्नुको साथै यस किसिमका घटना हुन नदिन सम्बद्ध पक्षसँग हामी जोडदार माग गर्दछौ भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्