काठमाडौं, साउन ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि नियोजित रूपमा आक्रमण गरेको ठोकुवा गर्नुभएको छ । बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमामहासचिव पोखरेलले यस्तो ठोकुवा गर्नुभएको हो ।
उहाँले एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको पनि बताउनु भयो ।
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी पनि रहेका छन् । उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको होभन्दै हालका सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गभर्नरलेराजीनामा दिनुपर्ने जिकिर गर्नुभएको छ ।
सोही विषयमा एमाले महासचिव पोखरेलले भन्नुभयो, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउननपाउँदाखेरिको अट्याक हो ।’
अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु भएको पोखरेलले बताउनु भयो । ‘जबकीपार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ म विभागको सदस्य होइन, यो विषयमाबहस असान्दिर्भक छ’ महासचिव पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्