जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार १७:४४

मौद्रिक नीति सार्वजनिक, यस्तो छ नयाँ ब्यवस्था (पूर्णपाठ)


काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ ।

साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ ।

निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ :