जनता टाइम्स

९ श्रावण २०७९, सोमबार १६:०६

मारवाडी सेवा संघको नवनिर्मित भवनमा शाकाहारी भोजनको सुविधा


भैरहवा, ९ साउन । मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाको नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेको छ । ०४८ सालमा स्थापित संस्थाले स्थापना कालदेखि नै भोजनालय र विश्रामगृहको योजना बनाए पनि हाल मात्रै आएर संघमार्फत सेवा सुरु भएको हो । संघले विश्राम गृह भने ०५२ सालदेखि सुरु गरेको संघका पूर्वअध्यक्ष नारायणप्रसाद अग्रवालले बताउनुभयो ।

शुद्ध र सफा शाकाहारी खाना खुवाउने उद्देश्यले संघको नयाँ निर्मित भवनको भुँइ तलामा भोजनालय सुरु भएको छ । बिहानको नास्ता, दिउँसोको खाना र रातिको खाना गरी सिमित समयमा सेवा निरन्तर हुने भोजनालायको उद्घाटन गर्दै पूर्वअध्यक्ष अग्रवालले भन्नुभयो ।

बिहान १० बजेसम्म खाजा, त्यसपछि ११ देखि ३ बजेसम्म दिउँसोको खाना र बेलुका ७ देखि ९ बजेसम्म साँझको खानाको व्यवस्था गरेका छौं, यसका अलावा मिठाई, नम्किन लगायत परिकार पनि संघले तोकेको सुपथ मूल्यमा व्यवस्थापन गरिएको संघका अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिनुभयो । नास्ता १२५ रुपैयाँमा, खाना १८० र स्पेशन मारवाडी खाना २५० रुपैयाँ तोकिए पनि मासिक रुपमा नियमित खानेका लागि आठ हजारको प्याकेजमा बिहान साझको खाना खुवाउने अध्यक्ष अग्रवालले भन्नुभयो ।