काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरदेखि कतारीरियालसम्मको विदेशी मुद्राको भाउमा गिरावट आएको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९२ पैसा रहेकोमा आज घटेर खरिदमा १२६ रुपैयाँ५१ पैसा र बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ ।
यता, युरोपियन युरोको भाउ भने बढेको छ । शुक्रबार युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९२पैसा रहेकोमा आज बढेर एकको खरिददर १२९ रुपैयाँ २४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरमा भने आज गिरावट आएको छ । शुक्रबार एकको खरिदमूल्य ८९ रुपैयाँ र बिक्रीमूल्य ८९ रुपैयाँ ४२ पैसा ररहेकोअष्ट्रेलियन डलर आज घटेर खरिदमा ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८५ पैसा रहेको छ । क्यानेडियन डलरसमेत आज घटेरएकको खरिदमा ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ १० पैसा रहेको छ । यसअघि भने क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ३८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८५ पैसा रहेको थियो ।
त्यस्तै, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४० पैसा र बिक्रीमा ९ रुपैयाँ ४४ पैसा रहेकोमा आज सामान्य बढेर १० को खरिदमूल्य ९रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५४ पैसा रहेको छ ।
चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको भाउमा पनि आजगिरावट आएको छ । शुक्रबार एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा रहेको कतारी रियाललाई आज एककोखरिदमा ३४ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८४ पैसा रहेको छ । यसअघि साउदीरियालको भाउ एकको खरिदमा ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०६ पैसा रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्