जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १९:४४

जनार्दन शर्मामाथिको छानविन प्रतिवेदन तथ्यमा आधारित छैन, त्यसलाई मान्न सकिन्न : केपी ओली


काठमाडौ, साउन १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुभएको छ । प्रतिवेदन यथार्थभन्दा बाहिर रहेकोले नमान्ने अध्यक्ष ओलीले बताउनुभयो ।

आज राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताउनु भयो ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए ।

 

ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’