दाङ, साउन १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकारको कारण मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो तथ्य औल्याउनु भएको हो ।
‘गठबन्धनले मुलुकको परराष्ट्र नीति ध्वस्त पारेको छ, बिदेसीसामू लम्पसार पर्ने काम भएको छ, मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको छ,’ महासचिव पोखरेलले भन्नुभयो । पोखरेलले सरकार हरेक कुरामा असफल बनेको तथ्य पनि औल्याउनु भयो ।
‘बर्तमान गठबन्धन सरकार न लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न अग्रसर छ, न जनताको हितमा काम गर्न सकेको छ । यो सरकारपूर्णत असफल बनेको छ । आर्थिक स्थिति नाजुक अवस्थामा पुगेको छ,’ आफ्नो गृहजिल्लामा महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले सरकारले मुलुकको आर्थिक अवस्था पनि दयनीय अवस्थामा पुर्याएको तथ्य औंल्याउनु भयो । ‘एमाले नेतृत्वको सरकारले ७०-८० अर्व बचेतमा छाडेको अर्थतन्त्र एक बर्षमै पौने ३ अर्व घाटाको अवस्थामा पुगेको छ । यो सरकारले सोधानान्तर स्थिति यस्तो घाटामा पुर्याएको छ, महासचिव पोखरेलले भन्नुभयो, ‘पूँजीगत खर्च गर्ने मामलामा पनि सरकार अत्यन्त कमजोर छ । निश्चित ब्यक्तिहरुको स्वार्थका लागि सौदावाजी गर्ने प्रबृत्ति बढेको छ । बजेटमा निश्चित ब्यापारिक घरानाको हित देखिन्छ र जनताको पक्षमा केही भेटिदैन ।’

उहाँले बजेट प्रकरणमा अर्थमन्त्री जनार्दन शर्माको अपराध ढाकछोप र पुनः नियुक्ति गरेर गठबन्धनले अपराधलाई नै आफ्नो लक्ष्य बनाउने बताउनु भयो । अपराध गर्नेहरुलाई उन्मुक्ति दिने काम भएको छ । प्रचण्ड र पप्रधानमन्त्रीको नजरमा जनार्दनजी चोखो देखिनु होला तर जनताको नजरमा अपराधी नै सावित भइसक्नु भएको छ । यो बहुमतको आधारमा चोख्याउने कामलाई जनताले स्वीकार गरेका छैनन, महासचिव पोखरेलले भन्नुभयो । उहाँले दाङको बिकासमा पनि गठबन्धन बाधक बनेको बिभिन्न तथ्य औल्याउनु भयो ।













प्रतिक्रिया दिनुहोस्