काठमाडौ, साउन १८ । नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रुओरालिएको छ । यात्रुलाई अहिले ओरालेर जाँच भइरहेको छ ।
१४१ यात्रुसहित मुम्बईको लागि उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको सूचना आएको हो ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।
बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएको थियो ।













प्रतिक्रिया दिनुहोस्