जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार १०:५६

नेपालगञ्जबाट उड्ने बित्तिकै श्रीएयरको जहाजको इन्जिनमा धुँवा देखिएपछि


बाँके, साउन १९ । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन.एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्काालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।

जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखिएको छ। प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन ।