जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार १७:३३

अर्थसचिव मरासिनीको यो अडानले प्रमाणित भयो जनार्दन शर्माको अपराध


काठमाडौं,साउन १९   सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको

राजस्व सचिव पुष्करलेनै अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने जिम्मेवारी पाउनुभएको हो ।बिहीबार मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो

बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमाहाजीर नभई विदामा बस्नुभएको थियो

 जनार्दन शर्मा पुन: मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन अस्वीकार गर्नुभएको थियो स्रोतका अनुसार मरासिनीले शर्मामाथि लागेको आरोप सही रहेको जनाइ प्रधानमंत्री शेरबहादुर देउवालाई अर्थ मन्त्रालय नजाने बताउनुभएको थियो

अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए सचिव मरासिनीको यो अडानसंगै संसदीय छानविन समितिले शर्मालाई चोख्याए पनि दोष प्रमाणित भएको