जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:२२

राती अबेर खाना खानुहुन्छ ? रोगको भारी बोक्दै हुनुहुन्छ


यसको अर्थ के हो भने, बिहानदेखि क्रमस खानेकुराको मात्रा घटाउँदै लानुपर्छ ।

हाम्रा ऋषिमुनीहरुले पनि सूर्योअस्तपछिको खाना बर्जित गरेको छ । साँझ सूर्य अस्ताइसकेपछि गरिने भोजनले शरीरमा पोषण होइन, विष पैदा गर्छ ।

तर, जमना बद्लिएको छ । अहिले हामी ‘डिनर’मा अभ्यस्त छौं । डिनर अर्थात रातको खाना । यो पनि भव्य हुनुपर्छ । संभव भए, माछामासु होस् । वाइन होस् । यस्तो गरिष्ठ भोजन गर्ने संस्कार हुर्कदैछ । आधुनिकताको नाममा हामी यसको नक्कल गरिरहेका छौं ।

राती ८, ९ वा १० बजे डिनर गर्ने तालिका छ, धेरैको । ११ बजे ओछ्यानमा घुस्रन्छौं । खाना खाएर केही समय विश्राम गर्नसाथ ओछ्यानमा घुसि्रन्छौं र लमतन्न परेर सुत्छौं । अब हामीले खाएको खाना शरीरभित्र के भइरहेको होला ?

मोटोपन

राती अबेर खाएको खानालाई  पाचन यन्त्रले पचाउनका लागि समस्या हुन्छ । जसको कारण शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मुटु रोगको खतरालाई पनि बढाएर लान्छ । शरीरमा तौल बढ्ने मुख्य कारण अबेर गरिने भोजन हो । ढिलो सुत्दा पनि मोटोपनको समस्या हुन्छ ।

तनाव

खान ढिला गर्दा निद्रा पनि समस्या हुन थाल्छ । जसले बिहानदेखि वेलुकीसम्म थकाईको अनुभुति गराउँछ । जसले तनाव निम्त्याउँछ । त्यसैले, तनावमुक्त जिन्दगी चाहने भने बुलुकीको खाना छिटो खाने र सुत्ने बानी बसाउन जरुरी हुन्छ ।

उच्च रक्तचाप

खाना खाएपछि काम नगर्दा शरिरले खानालाई राम्रोसँग पचाउन सक्दैन । जसको कारण उच्च रक्तचापको समस्या सृजना हुन जान्छ ।

मधुमेह

ढिला खाएको खााले मधुमेहको समस्या पनि निम्त्याउँछ । प्रायले खानापछि गुलियो खान्छन् । जसको कारण पनि रगतमा चिनीको मात्रा बढ्न थाल्छ । जुन अस्वस्थताको कारण बन्छ ।

अपच

कतिपय मानिसमा अपचको समस्या हुन्छ । त्यस्ता मानिसले त अझ कहिल्यै पनि ढिलो डिनर गर्नु हुँदैन । किनकी ढिलो डिरन गर्ने बानीले समस्यलाई थप बढाएर लैजान्छ ।