जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:२४

दाँत सेतो र चम्किलो बनाउने घरेलु काइदा


मानौं, तपाईंको दाँत खराब छ । न मिलेको छ, न सेतो सफा छ । यस्तो अवस्थामा तपाईंलाई अरुको सामुन्ने हाँस्न कति गाह्रो हुन्छ । हाँस्नै पर्‍यो भने, हातले मुख छोपेर हाँस्नुहुन्छ ।

नजिक गएर बोल्न सक्नुहुन्न । किनभने दाँतको दुर्गन्ध थाहा पाउँछ कि भनेर ।

यदी दाँत सफा, चम्किलो  र मिलेको हुँदो हो त, तपाईं निर्धक्कसाथ हाँस्नुहुन्थ्यो । तर, दाँत नै खराब भएपछि हाँस्नु पनि गाह्रो ।

यी भए, सौन्दर्यको कुरा । दाँत स्वास्थ्यको पनि महत्वपूर्ण हिस्सा हो । जब हामी कुनैपनि खानेकुरा खान्छौं, दाँतले राम्ररी चपाएको हुनुपर्छ । अहिले भन्ने गरिन्छ नि, ‘खाना बिस्तारै, राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ ।’ हामीले खानेकुरा जति राम्ररी चपाउँछौं, पाचन यन्त्रलाई उत्तिकै सहज हुन्छ । खाएको खानेकुरा पच्छ । तर, दाँत नै रोगी भए ?

निश्चय पनि खानेकुरा राम्ररी चपाउन सकिदैन । त्यसमाथि दाँतको किटाणु खानामै मिसिने भयो । अब रोगमाथि रोग थपिएन त ?

त्यसैले दाँतको सुरक्षा र सफाईसँग हामी बढी सजग हुनुपर्छ ।

हामीलाई थाहै छ, बिहान-बेलुकी खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । अक्सर हामी बिहान उठेर ब्रस गर्छौं । जबकी राती खाएको खाना त्यसबेलासम्म मुखभित्रै सड्ने प्रक्रियामा हुन्छ । दाँतमा अल्भिmएका खानाका कणहरु कुहिन थाल्छ । यस्तो अवस्थामा बिहान ब्रस गर्नुको औचित्य के ?

अक्सर हामी बिहान र बेलुकी खाना खान्छौं । खाना खाएपछि ब्रस गर्नुपर्छ । अन्य बेला पनि खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । यी त सामान्य कुरा हुन् । तर, हामीलाई यति सामान्य कुरा गर्न पनि कति झन्झट ?

बजारमा थरीथरीका ब्रस पाइन्छ, टु्थपेस्ट पाइन्छ । घरमै बनाएर पनि पेस्ट प्रयोग गर्न सकिन्छ । नुन, बेसार र थोरै तेल मिश्रण गरेर त्यसले दाँत सफा गर्दा राम्रो हुन्छ ।

अब कुरा गरौ, दाँत चम्किलो बनाउने । यो घरेलु विधी हो ।