जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १६:४३

टानमा एमाले-कांग्रेस र समाजवादी मिले, एक्लियो माओवादी


काठमाडौंसाउन २६  पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को साउन ३० गतेहुने निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस नेकपा एकीकृत समाजवादी मिलेपछि नेकपा माओवादी केन्द्र एक्लो बनेको छ। 

एमालेलाई एक्लो बनाउन प्रयास गरिरहेको माओवादी आफैँ एक्लिएको हो यता तीन दल समर्थित व्यवसायीहरूले निलहरिबाँस्तोलाको अध्यक्षतामा प्यानल नै खडा गरेर उम्मेदवारी दिएका छन बिहीबार मालीगाउँस्थित टान सचिवालयमा बाँस्तोला समूहलेअध्यक्षसहित पदाधिकारी सदस्यहरूको मनोनयन दर्ता गरेको

नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन नेकपा (एकीकृतसमाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने सहमति गरेर सोही अनुसार उम्मेदवारी दर्ता गरेका हुन

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पारहनुभएको

यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पादोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराउनु भएको