जनता टाइम्स

१ भाद्र २०७९, बुधबार २१:२८

हिमानी शाह अस्पताल भर्ना


काठमाडौं, १ भदौ ।  पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको छ ।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उहाँलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किनुभएको हो ।

स्वास्थ्यमा थप सुधार नभएपछि उहाँ बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताउनुभयो ।