जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १२:२५

बुढ्यौलीमा पनि देखिनु पर्‍यो नि आकर्षक ?


जापानमा एक अनौठो परम्परा छ । त्यहाँका मानिसहरु जब टुटफुट भएको माटोको भाँडोको मर्मत गर्छन्, तब त्यसमा थोरै सुन मिसाइदिन्छन् । किन होला ?

उनीहरुको मान्यता छ कि, पुरानो सामाग्रीको आफ्नै ऐतिहासिक महतव हुन्छ । चाहे त्यो टुटेफुटेकै किन नहोस्, त्यसमा एक अलग्गै आकर्षण हुन्छ । शिल्प हुन्छ । जापानको यस कला ‘किंतसुगी’बाट हामीले धेरै कुरा सिक्न सक्छौं ।

अब यो कुरालाई हामी ठ्याक्कै त्यही लगेर जोड्न सक्छौं, जहाँ बुढ्यौलीको कारण सौन्दर्य खुइलिदै गएको हुन्छ ।

सजिलो भाषामा भनौं, जब हामी बुढो हुन्छौं । उमेरले ४०, ४५, ५० वा ६० बर्ष पार गर्छ, तब सौन्दर्यप्रति उति ख्याल गर्दैनौं । निश्चय पनि यो परिपक्क उमेर हो । यसबेला हामीलाई त्यती तामझाम राम्रो लाग्दैन, सुहाउँदैन पनि । किशोरपुस्ताले गर्ने फेसन, शृंगार वयस्क उमेरमा गर्दा राम्रो देखिदैन ।