जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार ०९:००

तीन बुँदे सहमतिपछि फिर्ता भयो पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन


काठमाडौं, भदौ ३० । पेट्रोलियम ढुवानी व्यवसायीले पुर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन । व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेपछि बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, आयल निगमर व्वसायी महासंघका पदाधिकारी बिच भएको छलफलपछि आन्दोलन फिर्ता भएको हो ।

छलफलपछि आपूर्ति तथा वितरण विभागका निर्देशक वीरन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको जनाउनु भएको छ ।

तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।