जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम भनेर सोध्यौं भने संभवत कसैले पनि झट्ट जवाफ दिन सक्दैनन् । जीवनमा दुवै चीजको आवश्यकता छ । अपरिहार्य पनि ।
भुक्तभोगीहरु भन्छन्, ‘पैसा बिनाको प्रेम कुनैपनि बखत टुट्न सक्छ ।’ अर्को सत्य के भने, पैसा कमाउने चक्करले पनि प्रेम-सम्बन्ध बिगार्न सक्छ । अमेरिकाको नर्थवेस्टर्न म्युचुअलले गरेको अध्ययन अनुसार वयस्कमा तनाव र दबाबको मुख्य कारण पैसा रहेको तथ्य पत्ता लाग्यो ।
पैसाको सबैभन्दा नकरात्मक प्रभाव उनीहरुको यौन-सम्बन्धमा देख्न पाइन्छ । यो शोधमा संलग्न १० दम्पतीमध्ये चारले पैसाले सम्बन्धमा भाँजो ल्याउने र यसले उनीहरुको सम्बन्ध खराब हुन सक्ने स्विकारे ।
खतरनाक छ पैसा कमाउने लत
यो अध्ययनको प्रमुख शोधकर्ता तथा क्यालिफोर्नियाका क्लिनिकल साइकोलोजिस्ट पालो अल्टोको निश्कर्ष अनुसार मानिसहरु आर्थिक चिन्ता वा भविष्यको बारेमा यति धेरै सोच्छन् कि आफ्नो अगाडि रहेको राम्रो चीजको पनि आनन्द उठाउन सक्दैनन् ।
कैयौपटक धेरै कमाउने लालचमा अफिसमा ढिलोसम्म बस्न बाध्य हुन्छन् र जब घर पुग्छन् त्यतिखेर उनीहरुको मन र शरीर थाकिसकेको हुन्छ । उनीहरुको सबै उर्जा भविष्यको प्लानिङ र ओभरटाइममा चल्छ । यसपछि आफ्नो पार्टनरसँगग पे्रेम र कुराकानी गर्न उनीहरुलाई समय मिल्दैन ।
किनभने काम, पैसा र सेक्स तीनै चीज जीवनका धेरै नै संवेदनशील कुराहरु हुन् । कुनै एक बीना जीवन अपुरो हुन्छ । यी तीनै चीजको बारेमा एकअर्कासँग कुरा गर्न सजिलो हुँदैन ।
यस्तै कैयौं दम्पतीहरु यसबारेमा कुरा गर्न पनि मनपराउँदैनन् । उनीहरुलाई लाग्छ यसबारेमा कुरा गर्नाले आपसी कटुता पैदा हुन्छ । उनीहरु आफ्नो भावनाहरुलाई दबाउन थाल्छन् तर, भित्रभित्रै चिन्ताले उनीहरुलाई खान थाल्छ र यसको सिधा असर बेडरुममा पर्छ ।
उनीहरु बेडरुममा कि त प्यासिभ कि त एग्रेसिभ हुन्छन । त्यस्तै थकानको कारण सेक्स सम्बन्धलाई टार्न खोज्छन् । पार्टनरसँग रिसाउनुको सिधा असर यौनसम्बन्धमा धेरै देखिने प्रमाणहरु पाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्