जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १३:५५

निर्वाचन लक्षित सत्ता दुरुपयोगमा आयोगको अंकुश : वजेटबाहिरको खर्च विववरण मागियो


काठमाडौं, ७ असोज । निर्वाचन आयोगले सरकारलाई २४ घण्टे अल्मिेटम दिएको छ । निर्वाचन घोषणा भएसकेपछि बजेटबाहिर गएर विभिन्न योजना बनाई खर्च गर्न लागेपछि आयोगले यस्तो अल्टिमेटम दिएको हो ।

निर्वाचन आयोगले २४ घण्टाभित्र त्यस्ता खर्च के –कति भएको त्यसको विवरण पठाउन सरकारलाई अल्टिमेटम दिएको हो । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आव २०७९–०८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

सोही कारण के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा अर्थसँग आयोगले विवरण बुझाउन २४ घण्टे समयसीमा दिएको हो ।