जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १७:१६

बैंक तथा वित्तीय संस्थालाई ठुलो झड्का : अव सिइओ छनोट राष्ट्र बैंकले गर्ने


काठमाडौं, साउन १४ । बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० को छनोट नेपाल राष्ट्र बैंकले नै गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिइओ छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको प्रष्ट पार्नुभएको हो ।

संघीय संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि पनि त्यसका सिइओको छनौंटमा हस्तक्षेप गर्न लागिएको प्रष्ट पार्नुभयो । उहाँने बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिइओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिइओ नियुक्ती गर्दा कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गर्नुभयो ।

त्यसैगरी सांसद तेजुलाल चौंधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाउनु भयो । उहाँले कृषि लोनमा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको थियो ।