जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १२:०८

डेंगु नियन्त्रण गर्न सरकारको प्रयाप्त ध्यान गएन : सिंह


काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

नेता सिंहले जनस्तरमा अनुभुत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रसंगमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउदा जिम्मेवारी बहन गरेको बताए ।

अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।