यसबाहेक, एग करी वा एग मसलाको रुपमा पनि सेवन गर्न सकिन्छ ।
विशेषगरी, होटल तथा रेष्टुरेन्टहरुमा रोटी तथा परौठाको साथमा रुचाइने एग मसाला सितनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई टमाटर तथा प्याजको ग्रेभीमा विभिन्न किसिमका मसलाहरु मिसाएर तयार पारिने हुदाँ यो निकै स्वादिलो हुनुका साथै मिठो हुन्छ ।
आवश्यक सामाग्री
अण्डा ३ वटा
प्याज १ वटा
टमाटर २ (मध्यम आकारको )
हरियो खुर्सानी १
नुन एक चियाचम्चा
हरियो धनिया आधा कम (सजावटको लागि )
पुदिनाको पत्ता आधा कप
तेल ६ चिया चम्चा
अदुवा तथा लसुनको पेस्ट आधा चिया चम्चा
बेसारको धुलो आधा चियाचम्चा
जीरा पाउडर एक चियाचम्चा
नुन दुई चियाचम्चा
रातो खुर्सानीको धुलो एक चियाचम्चा
चिकन मसाला पाउडर दुई चियाचम्चा
पानी आधा कप
प्रतिक्रिया दिनुहोस्