जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १८:०८

प्रधानमन्त्री रोजगार कार्यक्रम: रोजगारी पाउनेको करिव दुई लाख


काठमाडौं, साउन १६ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत रोजगारी पाउनेको संख्या करिब २ लाख पुगेको छ । सरकारले स्थानीय तहमा रोजगारीको विवरण संकलन गर्ने क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको जनाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ वटै स्थानीय तहमध्ये हालसम्म ५९९ स्थानीय तहको विवरण प्राप्त भएको बताउँदै अन्य स्थानीय तहको विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार ५९९ स्थानीय तहले कुल ६,८६४ वटा विभिन्न सामूदायिक आयोजनामा जम्मा १ लाख ७५ हजार ९०९ जनालाई कुल २२ लाख ६२ हजार २६९ दिनको रोजगारी उपलव्ध भएको मन्त्रालयले जनाएको छ ।

‘प्रत्येक स्थानीय तहमा बेरोजगार व्यक्तिले पाएको प्रतिव्यक्ति रोजगारी दिन फरक फरक रहेको छ । यद्यपि सबै स्थानीय तहको तथ्यांकका आधारमा औषत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको देखिन्छ ।’ मन्त्रालयले जनाएको छ ।