काठमाडौं, कात्तिक १ । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
प्रहरीले भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार भट्टलाई शनिबार साँझ ललितपुरबाट पक्राउ गरिएको हो।
उनीमाथि लागेको आरोपबारे थप विवरण सार्वजनिक भएको छैन।














प्रतिक्रिया दिनुहोस्