एजेन्सी, ६ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार पाँच वर्षे कार्यकालका लागि कीर्तिमानी तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीका संस्थापक माओत्सेतुङपछि तेस्रो कार्यकालका लागि निर्वाचित हुने उनी पहिलो चिनियाँ नेता हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको ७ सदस्यीय पोलिटब्युरो स्थायी समितिमा कुनै पनि महिलालाई समावेश गरिएको छैन। पछिल्लो २५ वर्षमा यो पहिलो पटक भएको हो । यस समितिका सदस्यहरूलाई चीनको शीर्ष नेतृत्वको रूपमा चिनिन्छ।
गत पोलिटब्युरोमा सुन चुनलान एक मात्र महिला थिइन् जसले यस पटक अवकाश लिइन् । पोलिटब्युरोको स्थायी समितिमा चुनलानको स्थानमा अन्य महिलालाई नियुक्त गरिएको छैन ।
७ जना सदस्य रहेको यो स्थायी समितिले अब ५ वर्ष देशको शासन गर्नेछ । यी हुन्– सी जिनपिङ (६९), ली छ्याङ )६३), झाओ लेजी (६५), वाङ हुनिङ (६७), काई क्यूई (६६), डिङ सुएक्सियाङ (६०) र ली सी (६६) ।
वरिष्ठ नेताहरू केन्द्रीय समितिबाट बाहिरिएपछि हंगामा
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन (कांग्रेस) को एक दिनअघि नै राष्ट्रपति जिनपिङ शक्तिशाली केन्द्रीय समितिमा निर्वाचित भएका थिए । तर, उनले ६८ वर्षको आधिकारिक अवकाश उमेर सीमा नाघेका छन् र उनको १० वर्षको कार्यकाल सकिएको छ ।
यससँगै पार्टीका नम्बर २ नेता तथा प्रधानमन्त्री ली छिङलगायत पार्टीका अधिकांश वरिष्ठ नेताहरू या त अवकाश भइसकेका छन् वा केन्द्रीय समितिमा पर्न सकेका छैनन् । जसका कारण चीनको राजनीति र सरकारमा ठूलो उथलपुथल भएको छ ।
प्रतिक्रिया दिनुहोस्